पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका छन् । कोषको वार्षिकोत्सवमा राष्ट्र कल्याणको सङ्कल्पले तीनवटै मन्दिरमा पूजा, आराधना गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद […]
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ । एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर्षण गराउँदै सोहीअनुरुप शिक्षामा कूल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्षमा विनियोजन गर्न माग गरेको हो […]
साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनःनिर्माणको काम गरिने भएको छ । साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनःनिर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग (बेस) थपेर कालोपत्र गरिने डिभिजनका सूचना अधिकारी सुनित केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ धेरै खण्डमा धेरै बिग्रिएको छ, सडक बलियो […]
खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ । कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी गरेको हो । क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र […]
काठमाडौँ, १० वैशाख (रासस) : राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व सङ्कलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व सङ्कलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार गत माघमा रु ३० अर्ब ८० करोड, फागुनमा रु ३१ अर्ब ८० करोड र चैतमा […]
पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ । सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि कार्यालयले […]
अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा […]
पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । रु २८ करोडको लागतमा बन्न लागेको भवन निर्माणाधीन अवस्थामै जमिन भासिएपछि अलपत्र बनेको हो । सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन […]
सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ । बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेक बरेङ बजारबाट सिग्दी गाउँ हुँदै वनजङ्गल र भिरपहरा छिचोल्दै यहाँ पुग्न सकिन्छ । यस लेकमा दैनिकजसो सिग्दी […]
फुङ्लिङ, १० वैशाख (रासस) : चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन । पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि […]
बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)का अनुसार पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौँडी र पाटन नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको हो । तथ्याङ्क सङ्कलन भएका यी पालिकाले लगत सङ्कलनको काम सकेर […]
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । “अब डबल सिफ्टमा […]