राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताउनुभयो । सांसद ढकालका अनुसार गत वैशाखमा वैदेशिक रोजगारीका लागि कतार जान लागेका एक नेपालीको झोलामा कसैले झुक्याएर लागुऔषध […]
सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टा भन्दाबढी पैदल हिँड्न बाध्य भएका छन् । पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्नका लागि तीन घण्टाभन्दा बढी पैदल […]
गण्डकी प्रज्ञा प्रतिष्ठानले यसवर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ श्रष्टाको व्यक्तिगत जीवनी तयार पारेको छ । प्रतिष्ठानले स्थापनाको दोस्रो वर्ष पूरा हुन लागेको अवसरमा श्रष्टाको जीवनी तयार गरेको हो । स्रष्टाहरु डा रविलाल अधिकारी, तीर्थ श्रेष्ठ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल वात्स्यायन, काजी रोशन, प्रेम छोटा, जीवन शर्मा, खड्ग गर्बुजा, शान्ति नारायण श्रेष्ठ, इन्द्र विकल्प, सुन्दरकुमार […]
काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् । बाइसधारा मेला सुरु भएकै दिनदेखि वैशाख स्नान प्रारम्भ हुने गर्दछ । […]
सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले जनजीविकाका सम्बन्धमा देखिएका समस्याको पहिचान गरी तत्काल समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद राजेन्द्रप्रसाद लिङ्देनले भद्रपुर (झापा) भन्सार कार्यालय र रेलवे कार्यालय झुम्का (सुनसरी) ले […]
विद्यालय भर्ना अभियान तीव्र भएका बेला कञ्चनपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने योजना ल्याएर विद्यार्र्थी आकर्षित गर्न थालेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयले अहिले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सञ्चालन गरेका छन् । अभिभावक तथा विद्यार्थीमा निजी विद्यालयमा आकर्षण रहेका बेला सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएका हुन् । कञ्चनपुरको पुरानो […]
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, लमजुङ र नवलपरासीलगायत आसपास क्षेत्रका कृषकले सहजै सेवा पाउने भएका हुन् । गण्डकी प्रदेश सरकारको रू चार करोड ९० लाख लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी इको […]
कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गर्नुभएको छ । करिब एकदशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उहाँले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग सञ्चालन गर्नुभएको हो । पानी उद्योगसँगै उहाँले सिरक डसना उद्योगसमेत सञ्चालन गर्नुभएको छ । “नौ वर्ष मलेसियामा सुरक्षागार्डका रुपमा काम गरे ।” उहाँले भन्नुभयो, […]
बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ गाईभैँसी, भेडाबाख्रा पालन गर्दै आएका छन् । विशेषगरी जिल्लाको उच्च क्षेत्रमा सबैभन्दा बढी भेडाबाख्रा पालन हुने हुँदा यहाँका किसानको अधिकांश बसाइँ लेकमै हुनेगर्छ । निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट तथा […]
सत्तागठबन्धन दलबीच सरकारको न्यूनतम् साझा कार्यक्रमका बारेमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको साझा नीति कार्यक्रमका बारेमा दलका बीचमा अभिमुखीकरण भएको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो । “लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषय तथा सुशासनका सम्बन्धमा सहमति भएको छ”, बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “आज ५ बजे सार्वजनिक […]
मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटकपटक समय थप गर्दा पनि पू्रा नगरेकाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको छ । पूर्वाधार विकास कार्यालय र नागार्जुन—शङ्करमाली जेभीबीच २०७२ सालमा ठेक्का सम्झौता भई २०७४ सालमा निर्माण गरिनुपर्ने उक्त पुलका लागि दुई पटक म्याद थप गरिएको थियो । म्याद थप […]
मधेस प्रदेशका मिटरब्याज पीडितहरु न्यायका लागि संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला यहाँका हरवाचरवा न्यायिक पुनःस्थापनाको माग गर्दै प्रदेश राजधानी जनकपुर यात्रामा निस्किने भएका छन् । मुक्त घोषणा भएको नौ महिना बितिसक्दा पनि पुनःस्थापनाका काम सुरु नभएको भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षणका लागि यही चैत २५ गतेदेखि २९ गतेसम्म प्रदेश राजधानी जनकपुर लक्षित अधिकार […]