नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु दुई लाखको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उहाँले बताउनुभयो । “प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ”, […]
दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिनुभएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो । सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप […]
कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनवुमन र स्याक नेपालको प्राविधिक सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा तालिम सम्पन्न भएको हो । तालिममा सीमान्तकृत, विपन्न, पिछडिएका वर्गलाई पनि […]
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ । सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । जिल्लामा मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो । “मध्यम जोखिम भएका क्षेत्रका झुल […]
गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक रु एक हजारका दरले भत्ता बितरण गरिएको हो । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती […]
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सडक मापदण्ड दायाँबायाँ २५÷२५ मिटरको हो । सडकको छेउछाउमा संरचना बनाउन स्थानीय तहले मापदण्ड हेरेर मात्रै निर्माण अनुमती दिने गरे पनि यहाँस्थित नेपाली सेनाको श्रीमेयर गणले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग मिचिरे पक्की संरचना बनाइरहेको छ । स्थानीय तहलाई खबरै नगरी मध्यपहाडी लोकमार्ग आगोजना कार्यालयको […]
बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो मार्ग हुँदै चल्ने सवारीसाधन भीमफेदी–मार्खु–चित्लाङ […]
ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन् । स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् । चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीन वटा मूर्ति फागुन १७ गते बुधबार र फागुन २९ गते आइतबार रातको समयमा चोरी भएको […]
रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ । यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण […]
चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो । एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको […]
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौताअनुसार पुनःनिर्माण सुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउने गरी आह्वान गरिएको ठेक्का आशीर्वाद–मोहन एन्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ । प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न […]
बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३० गतेदेखि सुरु हुने महोत्सव अगामी वैशाख २ गतेसम्म जारी रहने छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले ‘सडकमा […]