प्रदेश समाचार

हराएका तीन सय ६० मोटरसाइकल हस्तान्तरण

हराएका तीन सय ६० मोटरसाइकल हस्तान्तरण

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा हराएका तीन सय ६० मोेटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका तीन सय ६० मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । आजमात्र २२ सवारीसाधनलाई फेला पारेर सम्बन्धित धनीलाई बुझाएको कार्यालयका […]

  • २ years अगाडि
भरतपुरमा वृक्षरोपण

भरतपुरमा वृक्षरोपण

जनताको रहर, हरित सहर’ कार्यक्रमअन्तर्गत भरतपुरका सडकमा वृक्षरोपण गरिएको छ । भरतपुरको बाइपास सडकअन्तर्गत विशालचोकबाट मालपोतचोकसम्मको ‘डिभाइडर’मा वृक्षरोपण गरिएको हो । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले वृक्षरोपण शुभारम्भ गर्नुभयो । सो क्रममा उहाँले भरतपुरका सयौँ किलोमिटर सडकलाई सौन्दर्यकरण गर्न प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । महानगरले ‘एक घर दुई बिरुवा’को नीति लिएर […]

  • २ years अगाडि
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट

घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसिएएस)को शुभारम्भ गर्नुभयो । अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको सुरुआत […]

  • २ years अगाडि
‘ठेक्का पाए पनि काम गर्ने वातावरण भएन’

‘ठेक्का पाए पनि काम गर्ने वातावरण भएन’

महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन । ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले काममा असर परेकोे हो । महाकाली करिडोरको शून्य बिन्दु (कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किमी) ट्र्याक खोल्ने कामको ठेक्का लिएको दुई वर्ष […]

  • २ years अगाडि
कर्णालीबाट  ३८ हजार नौ सय परीक्षार्थी एसइईमा

कर्णालीबाट ३८ हजार नौ सय परीक्षार्थी एसइईमा

देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् । प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार यहाँका दश जिल्ला गरी १९ हजार तीन सय एक छात्र र १९ हजार तीन सय ७९ छात्राले परीक्षा दिइरहेका छन् । आज बिहान ८ बजेदेखि सुरु भएको एसइईमा […]

  • २ years अगाडि
चर्चामा ऐतिहासिक ओदानडाँडा

चर्चामा ऐतिहासिक ओदानडाँडा

ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ केही समयअघिसम्म गुमनाम रहेको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि चर्चामा आएको छ । आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको स्थानलाई अहिले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ पछिल्लो दुई वर्षयता थुप्रै पर्यटकीय पूर्वाधार थपिएपछि ओदानडाँडाको चर्चा चुलिन […]

  • २ years अगाडि
सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट

कैलालीको टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा […]

  • २ years अगाडि
गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै

गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै

माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६ विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने […]

  • २ years अगाडि
बाढी र कटानको क्षति रोक्न बजेट अभाव

बाढी र कटानको क्षति रोक्न बजेट अभाव

झापा, १७ चैत (रासस) : वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आउने न्यून बजेटले नदीको कटान र बाढी छेक्ने तटबन्ध निर्माण अपुरो हुने गरेको छ । यसले नदी नियन्त्रण सम्भव हुन सकेको छैन । आर्थिक वर्ष २०७९÷८० का लागि जलस्रोत […]

  • २ years अगाडि
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित […]

  • २ years अगाडि
लाङटाङबाहेकमा  यातायातको पहुँच

लाङटाङबाहेकमा यातायातको पहुँच

रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ । काठमाडौँलगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ । प्रत्येक गाउँ टोलमा मोटरबाटो पु¥याउन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण […]

  • २ years अगाडि
खोटाङ उद्योग वाणिज्य सङ्घमा आचार्य

खोटाङ उद्योग वाणिज्य सङ्घमा आचार्य

खोटाङ उद्योग वाणिज्य सङ्घको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गर्नुभएको हो । बिहीबार भएको निर्वाचनमा आचार्यले तीन सय ३४ तथा एक सय ३८ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल छ सय ७१ मतदाता रहेकामा चार सय ८० मत […]

  • २ years अगाडि

लोकप्रिये