सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पार्नुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचाँै विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताउनुभयो । “निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेमा छटपटी भएको छ” उहाँले भन्नुभयो, […]
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैभरि सचेत हुनुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)को स्थापना दिवसका अवसरमा आज आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ साधारणसभामा शुभकामना मन्तव्य राख्नुहुँदै उहाँले सरकारले निरन्तररुपमा विधिको शासनको परिपालन गरिरहेको छ कि छैन भन्नेमा रेडियो सचेत हुनुपर्ने बताउनुभयो । “सञ्चारमाध्यम सधैको प्रतिपक्ष हो । नेताहरुमा प्रतिपक्षमा […]
जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ । काठमाडौंँको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता मिति […]
रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा यहाँ रगतको चरम अभाव हुन थालेको छ । अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि बाहिरिँदा रगतको अभाव हुन थालेको हो । यहाँ […]
स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ । सहकारीले रू तीन करोड ३३ लाखको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो । वालिङ नगरपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष कविता तिवारी गैरेले बताउनुभयो । उक्त उद्योगबाट रैथाने […]
सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै समृद्धिको आधारकारूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी वक्ताले वनलाई समृद्धिसँग जोडपर्नेमा जोड दिएका हुन् । आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर वन पैदावारको सहजरूपमा उपयोग र निकासी गरी आम्दानीको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार अनुगमन नगर्दासम्म परिणाम प्रभावकारी आउन नसक्ने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “राजश्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन । ती सबैलाई […]
विश्व मौसम सङ्गठन स्थापना भएको दिन (सन् १९५० को मार्च २३)को स्मरणमा हरेक वर्ष मार्च २३ का दिन नेपाललगायत विश्वभर नै विश्व मौसम दिवस मनाइँदै आएको छ । यसै सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले मौसम तथा जलवायु क्षेत्रमा कार्य गर्ने तथा सरोकार राख्नु हुने सरोकारवालालगायत सम्पूर्ण जनसमुदायमा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ । […]
काठमाडौँ, ९ चैत (रासस) : नेपाली साहित्य क्षेत्रमा बेग्लै खालको कवि, कथाकार, उपन्यासकार, निबन्धकार र समीक्षक बन्न सफल हरि अधिकारी भाषामा खँदिलोपन दिन खप्पिस हुनुहुन्छ । चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा पदावली प्रयोग गरेर पाठकलाई शिक्षित तुल्याउने साहित्यकारका रूपमा पनि उहाँ चिनिनुहुन्छ । अखबारी लेखनमा पनि सक्रिय पत्रकार अधिकारीको सामथ्र्य पत्रिकाहरूका पाठकले अनुभव गरेकै […]
वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो । सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ । “रुख चौधरी समुदायका पूर्खाले रोपेका रहेछन्”, वडाध्यक्ष मानबहादुर रावतले भन्नुभयो, “स्थानीयले रुख कुनै पनि […]
काठमाडौँ, ९ चैत (रासस) : नेपाली साहित्य क्षेत्रमा बेग्लै खालको कवि, कथाकार, उपन्यासकार, निबन्धकार र समीक्षक बन्न सफल अधिकारी भाषामा खँदिलोपन दिन खप्पिस हुनुहुन्छ । चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा पदावली प्रयोग गरेर पाठकलाई शिक्षित तुल्याउने साहित्यकारका रूपमा पनि उहाँ चिनिनुहुन्छ । अखबारी लेखनमा पनि सक्रिय पत्रकार अधिकारीको सामथ्र्य पत्रिकाहरूका पाठकले अनुभव गरेकै हुनुपर्छ […]
कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । बुधबारकै बैठकले मुख्यमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रूपमा नेपाल सरकारका सेवा निवृत्त सहसचिव […]