भोजपुर, ८ चैत (रासस)ः काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा सङ्कटमा […]
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको बिहुँपोखरामा प्रशासनिक भवन अधुरै छ । दोस्रो तलाको ढलानपछि पिलर ठड्याइए पनि बाँकी कामले दुईदेखि पूर्णता पाउन सकेको छैन । दोस्रो तलासमेत कार्यालय प्रयोजनाका लागि कोठा तयार गर्ने गरी तीन वर्षअघि भवनको निर्माण सुरु गरिएको थियो । बजेट अभावका कारण काम रोकिएपछि भवन जीर्ण बनेको छ । वडा कार्यालय आफ्नै बलबुतामा […]
भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको फैसला भएको हो । भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये एउटा मुद्दा जिल्ला अदालत चितवन गएको छ । अन्य दुईवटा क्षेत्राधिकारभन्दा बाहिर भएकाले अदालत पठाइएको उहाँले बताउनुभयो । […]
गलकोट, ८ चैत (रासस) : काठबाट निर्माण गरिएका झ्याल, तोरण, टँुडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन । यसबारे अनुमान लगाउन मुश्किल पर्छ । मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा […]
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै उहाँले भन्नुभयो, “सरकारले गर्ने लगानीले उत्पादन वृद्धि गर्नुपर्छ ।” मुख्यमन्त्री कार्कीले सरकारले […]
करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० सम्म आठ हजार नौ सय ७४ उद्योगका लागि उक्त […]
काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । निर्माणको सुरु भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार […]
काठमाडौँ, ७ चैत (रासस) : लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले लामो समयको खडेरीपछिको वर्षाले वातावरण सफा हुनका साथै किसानलाई ठूलो […]
विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै जान थालेको छ । पिढ्यूँमा झोला बोकी लौरीको साहरामा उकालो-ओरालो गर्नेहरुको सङ्ख्या पनि पातलिँदै जान […]
चितवन, ७ चैत (रासस) : नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेताका रुपमा समेत स्मरण गर्दछ । वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे […]
रामपुर (पाल्पा), ७ चैत (रासस) : सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै […]
सामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ । समुदायका समस्या र आवाश्यकता पूरा गर्न विश्वविद्यालयमा भएका प्राज्ञिक जनशक्तिमार्फत समाधान गरी समुदायको स्तरोन्नति गर्ने उद्देश्यले अभियान सुरु गरिएइको हो । जसअन्तर्गत हालसम्म अधिकांश स्थानीय तहको भ्रमण सम्पन्न भइसकेको विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार महाशाखाका […]