पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न थालिएको हो । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर र वडा नं २ को नुवाकोटगढी जोड्न तिनाउ नदीको वारिपारी बेस स्टेशन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार […]
साकेला गाउँपालिका–२ रतन्छामा निर्माणाधीन पाँच श्ययाको आधारभूत अस्पतालको भवन गुणस्तरहीन बनेको पाइएको छ । खानी निर्माण सेवाले ठेक्का लिएको निर्माणाधीन अस्पताल भवनको भुइँ तलाको बिम बाङ्गो बनाइएको र गुणस्तरहीन काम गरेको पाइएको हो । तेस्रो बिमको ढलानमा गिट्टी, बालुवा मिलाएर नहाल्दा प्वाल बन्नुका साथै रड बाहिरै निस्किएको देखिएको छ । निर्माणाधीन अस्पताल भवन अनुगमनका क्रममा […]
सुदुरपश्चिमका लागि भलिबलका खेलाडी महेश खत्रीको नाम नौलो होइन । यहाँ हुने जुनसुकै भलिबल प्रतियोगितामा पनि उहाँको नाम चर्चामा आउँछ । दुईवर्ष सुदूरपश्चिम भलिबल टोलीमा कप्तानको भूमिका निर्वाह गरिसक्नु भएका महेश अहिले आफ्नो भविष्यप्रति चिन्तित हुनुहुन्छ । खेलाडीलाई राज्यबाट गरिने संरक्षणमा कुनै सहयोग नहुँदा भविष्य अन्योलमा रहेको उहाँ बताउनुहुन्छ । “चौध वर्षको उमेरदेखि भलिबल खेल […]
हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ । विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका गाथालगायत सामाजिक तथा प्राकृतिक विषयवस्ुतमा आधारित गाथा प्रस्तुति […]
विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई शैक्षिक पहुँचमा पु¥याउने उद्देश्यले तनहुँका विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सदरमुकामस्थित दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । क्लबले प्रत्येक विद्यालयमा रु एक लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको हो । संस्थाले ती विद्यालयमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गरेको […]
यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ । भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले […]
नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम सङ्कलन गरेको हो । पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ । विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई […]
जिल्लास्तरीय चौबिसौँ जुनियर युवा रेडक्रस सर्कल (जुरेस) र शिक्षक नायक युवा रेडक्रस सर्कल (युरेस) को गोष्ठी नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी गर्दै सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका–८ मा रहेको कल्याणीदेवी माध्यमिक विद्यालयमा शुक्रबारदेखि सञ्चालित गोष्ठी समापनका अवसरमा रेडक्रसका नुवाकोट शाखा प्रमुख समुन्द्रबाबु अधिकारीले भावी रणनीति तय गर्दै आगामी वर्ष ऐँसेलुभूमे मावि किस्पाङमा गोष्ठी आयोजना […]
वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन र स्वास्थ्य चौकीको भवनबाट विभिन्न नौ वडा कार्यालयहरु सञ्चालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । “नगरपालिकासित भवन बनाउनका लागि बजेट नहुने समस्या छ”, उहाँले भन्नुभयो, “संघीय तथा प्रदेश सरकारले पनि भवन निर्माणका लागि त्यति […]
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराती प्रथम राजा यलम्बरको १०० फिट अग्लो शालिक (प्रतिमा)सहितको उद्यान निर्माण सुरु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी […]
दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ बजेबाट […]
पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत रु आठ करोड बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो । यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौटले बताउनुभयो । उहाँका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा […]