विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफँै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो । तार व्यवस्थापनका […]
कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन् । पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन । कल्भर्ट निर्माणका लागि पिलर गाडेको धेरै वर्ष बिते पनि निर्माण हुन नसकेको स्थानीय खड्क चन्दले बताउनुभयो । “भुराकोट, खैरानी, बोर्डर र सत्ताइस […]
होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो । वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका किराना तथा खाद्यान्न पसलमा अनुगमन गर्दा विभिन्न पसलबाट म्याद नाघेको पिठो, बिस्कुट, खानेतेललगायत सामान नष्ट गरिएको वीरगन्ज महानगरपालिकाका […]
रसुवामा दुई प्रहरी चौकी निर्माण गरिएका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङ र आमाछोदिङ्मो गाउँपालिकाको हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाका प्रहरी नायब महानिरीक्षक दीपक थापाले मङ्गलबार ती दुवै चौकीको उद्घाटन गर्नुभयो । रु दुई करोड ५७ लाखको लागतबाट पारच्याङमा तथा रु दुई करोड २४ लाखको लागतमा हाकुबेँसीमा प्रहरी चौकी […]
राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन् । जिल्लाका १० वटै स्थानीय तहले सबै प्रक्रिया पूरा गरी भूमि आयोगलाई उनीहरुको तथ्याङ्क पठाएको छ । जिल्लाभर भूमिहीन सुकुम्बासी एक सय ४९, भूमिहीन दलित […]
जाजरकोटको कुशे गाउँपालिका–५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो । उहाँले घरपरिवार, छोेराछोरीको खर्च टार्नका लागि सरुखोलाको किनारमा छाप्रो बनाएर बस्नुपरेको हो । राजगारीको कुनै माध्यम नभएपछि गन्धभ खोलामा दिनरात माछा मारेर आएको रकमबाट दैनिकी चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “खोलामा पहिलेजस्तो माछा पाइँदैन, माछा मार्न खोला […]
इलाम नगरपालिका–१० ले किसानलाई रु १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न पे्ररित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो । कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिनुभयो । किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ थान […]
रामपुर (पाल्पा), १७ फागुन (रासस): कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो । हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ । यसको […]
मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै […]
पछिल्लो समय लोप हुँदै गएको लदी पर्वको संरक्षणमा यहाँको माझी समुदाय लागिपरेको छ । मालढुङ्गाको माझी समुदायले मङ्गलबार यो पर्व धुमधामसँग मनाएका छन् । सडक निर्माण तथा नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने र डुङ्गा (नाउ) मा सर्वसाधारणलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व पनि हराउँदै गएको थियो । पर्वतको […]
मिथिला माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पूरा गरेका छन् । यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्रीले सोमबार कञ्चनवन रात्रिबास सकेर आज बिहान महोत्तरीबाट धनुषा प्रवेश गरेका हुन् । यात्रको चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बास महोत्तरीमा गरिने परम्परा छ । यसै परम्पराअनुसार […]
खेल क्षेत्रबाट अतुलनिय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी प्रशिक्षक एवम् खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्डअन्र्गत विभिन्न चार विधाको मनोनयन आज सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने उक्त अवार्डअन्तर्गत वर्षको सर्वक्षेष्ठ पुरुष खेलाडी, वर्षको सर्वश्रेष्ठ महिला खेलाडी, वर्षकोे सर्वश्रेष्ठ युवा खेलाडी र वर्षको सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन […]