धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अङ्कले ओरालो लागेर तीन सय ८१ दशमलव […]
गाउँकै एक्ला युवा हुन् मित्रलाल गौतम । दिनभर कृषिमा रमाउँदै आउनुभएका उहाँको काँधमा गाउवासीको आड भरोसा रहँदै आएको छ । वैदेशिक रोजगारी, शिक्षा र अवसर खोज्न गाउँमा युवा पलायन हुँदा मर्दापर्दा पनि एक्ला युवा मित्रलालकै भरमा छन् सबैजना । बागलुङको बरेखानी गाउँ बुढापाका र एक्ला युवाको भरमा रहेको बरेखानी गाउँ बसाइँसराइको नमुना गाउँका रूपमा चिनिन्छ […]
नेपालको ऊर्जा क्षेत्र विकासका लागि लगानीका नयाँ स्रोत खोजिनुपर्ने आवश्यकता सरोकारवालाले औँल्याएको छन् । अमेरिकी सहयोग नियोग (युएसएड) ऊर्जा नेपाल कार्यक्रमले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रका लागि वित्तपोषण’ विषयक कार्यशालाका वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा अहिले भइरहेका लगानीका स्रोत मात्र पर्याप्त नरहेकाले नयाँ स्रोतका लागि पहल गर्नुपर्ने धारणा राख्नुभयो । नेपालको दीर्घकालीन ऊर्जा सुरक्षाका […]
नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो । सो मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज आयोजना गरेको कार्यक्रममा उक्त […]
जनकपुरधाम, १६ फागुन (रासस) : तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्वपूर्ण गौरबको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो । तर बनिबनाउ अस्पताललाई प्रतिष्ठान मातहत ल्याएको एक वर्ष हुनलाग्दा पनि अस्पतालको सुधार भने सुस्त छ । सरकारीस्तरबाट गुुणस्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीय निजी अस्पताल, सीमावर्ती भारतीय बजार […]
काभ्रेपलाञ्चोक, १६ फागुन (रासस)ः अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम […]
धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो । हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो । दश वडा भएको […]
बाँकेको डुडुवा गाउँपाललिका–५ स्थित नानापुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समितिको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन् । ‘लायन्स पार्क’ नाम दिइएको सो स्थानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोल घर, कार्यक्रम कक्षलगायतको निर्माणमा रु १७ लाख बराबर खर्च भएको […]
रुपन्देही जिल्ला अदालत भैरहवामा दुई वर्षसम्म फैसला नभएका मुद्दाको सङ्ख्या तीन सय २४ पुगेको छ । अदालतमा २०७९ फागुन १४ गतेसम्म फछ्र्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो सङ्ख्याका मुद्दा दुई वर्ष पुराना छन् । जिल्ला अदालतमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको मुद्दाको सङ्ख्या तीन हजार ६ सय ४७ रहेको छ भने चालू […]
नेपालगञ्जको बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक महाआरतीले धार्मिक पर्यटन प्रर्वद्धन गर्न थालेको छ । प्रत्येक साताको सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको र यसका लागि नेपालगञ्जबाहेक टाढा–टाढाबाट पनि भक्तजन सहभागी हुने गरेका छन् । उक्त मन्दिरमा आयोजना गरिएको पाँचाँै महाआरतीमा धेरै भक्तजनको घुइँचो लागेको बागेश्वरी गुठी व्यवस्थापन समितिले जनाएको छ । […]
उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ । कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा चार र कर्णाली करिडोरमा पाँच पुल निर्माणमा जान बाँकी रहेको हो । कोसी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । बरुण नदीमा ७० मिटर लम्बाइको […]
दमौली, १६ फागुन (रासस) : प्लेनबाट देखाइदेऊ तनहुँसुर मोटरैमा घुमाइदेऊ बन्दीपुर ए कसम लाम माया छपक्कै तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो । बीचमा चौतारा राखेर सडक कालोपत्र गरिएको दृश्यसँगै यो गीतको टुक्काले तनहुँसुर पुग्ने युवायुवतीको भीड बढ्यो । दैनिक सयाँैको […]