लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ । गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । जस्तापाताको छाप्रोमा बस्दै आउनुभएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक […]
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । सुनवल– ५ र ८ मा अस्पताल निर्माण हुन लागेको नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो । उहाँले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा […]
तुलसीपुर उपमहानगरपालिकामा रहेको साझेदारी विकास कोषबाट लगानी भएको ऋण रकम लामो समयदेखि असुल हुनसकेको छैन । विसं २०६५ तिर उक्त कोष तत्कालीन नगरपालिकामा हस्तान्तरण भयो । यसभन्दा अघि गाउँनगर साझेदारी कोषका नामबाट सञ्चालन भए पनि नगरपालिकामा हस्तान्तरण भएपछि साझेदारी विकास नाम राखियो । त्यो कोषको रकमबाट विसं २०६५ देखि ऋण लगानी भए पनि उठेको छैन […]
कर्णाली । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताउनुभएको छ । एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताउनुभयो । मुलुकका लागि यो राम्रो नहुने उहाँको भनाइ […]
गलकोट । सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय जोखिममा परेको छ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने उक्त सडक विस्तारका क्रममा विद्यालय मुनी चट्टान फुटेपछि सुख्खा पहिरो खस्दा विद्यालय प्रवेशद्वारसम्म क्षति पुगेको छ । क्षेत्र नम्बर एकअन्तर्गत पर्ने उक्त सडकको झण्डै […]
उहाँकाअनुसार ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरुवा वितरण गरिएको छ । प्रत्येक किसानले न्यूनतम १० बोट देखि ६६ सम्म ओखरको बिरुवा लिएका छन् । समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीन सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँच सय ४५ र पुथा उत्तरगङ्गा […]
गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताउनुभयो । […]
पोल गाडेको पाँच वर्ष भइसक्दा पनि यहाँको कुशे गाउँपालिकाको अधिकांश ठाउँमा विद्युत सेवा उपलब्ध गराइएको छैन । ३३ केभी प्रशारण लाइन कुशेमा पु्याउनका लागि नेपाल विद्युत प्रद्यिकरणले पाँच वर्षअघि वोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । कुशे –५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका छन् । शाइ बाबा एण्ड तारा […]
सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय जोखिममा परेको छ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ बजारदेखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने उक्त सडक विस्तारका क्रममा विद्यालय मुनी चट्टान फुटेपछि सुख्खा पहिरो खस्दा विद्यालय प्रवेशद्वारसम्म क्षति पुगेको छ । क्षेत्र नम्बर एकअन्तर्गत पर्ने उक्त सडकको झण्डै १० किलोमिटर […]
र्नुपर्ने व्यवस्था छ । समुदाय तहले पूरा गर्नुपर्ने सूचकमध्ये बालविवाह अन्त्य गर्नुपर्ने भन्ने उल्लेख छ । विभिन्न समुदायको समस्याले नगरको अभियानमा असर परेको बताइएको छ । तथ्याङ्कगतरुपमा उल्लेख्य रेकर्ड भने नभेटिएको सापकोटाको भनाइ छ । “बालविवाह उल्लेख्य भने छैन, छिटफुट बालविवाह भेटिएका छन्”, सापकोटाले भन्नुभयोे, “ती पनि १८ देखि १९ वर्षमा भएको देखियो ।” जति […]
“पहिले हाम्रो समयमा गाउँका र देशविदेशका कुरा थाहा पाउन चौतारीमा पुग्नुपर्दथ्यो, त्यहाँ गाउँका जान्ने सुन्नेहरू भेला भएर खबर सुनाउने गर्थे”, कुश्माका ७० वर्षीय कुलप्रसाद श्रेष्ठले भन्नुभयो, “उहिले चौतारीमै नाच्ने बजाउने गरिन्थ्यो, मान्छेहरू सबै चौतारीमा लहरै बसेर हेर्ने गर्थे, पछि गाउँमा मोटर पु¥याउने, विद्यालय बनाउने भन्दै सबै चौतारी ढालियो ।” केही समयअघि फलेवास नगरपालिकाले ‘ग्रिन फलेवास […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताउँनुभएको छ । पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुभएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युतिएको बताउनुभयो । पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै […]