न किसिमले विकसित हुनुपर्ने हो त्यो नहुँदा नेपालतर्फ पश्चिमी वायुको प्रभाव कम देखिएको हो ।” विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाले हिउँद र वर्षायामको वर्षाको विश्लेषण गर्ने गरेको छ । मौसमविद् कँडेलका अनुसार यो वर्षको हिउँदयाममा आजसम्मको रेकर्डमा जम्मा १२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । हिउँदमा सरदर ६० दशमलव १ मिलिमिटर वर्षा हुन्छ । आइतबार […]
रेल विभागले हेर्दा एउटै गेज हुँदा सञ्चालन र मर्मतमा सजिलो हुने उहाँको भनाइ छ । संसारका धेरै देशमा गेजमा समस्या रहेको भए पनि ढिला मात्रै रेलको निर्माण सुरु भएकाले यसमा एकरुपता ल्याउन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ढिला सुरु गरेकाले एउटै गर्न सकिन्छ ।” चीनमा पनि केरुङबाट सिङाचेसम्म रेल निर्माण भएर […]
आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिनुभयो । दोपहरे क्षेत्रमा करिब २० हजार […]
रोटरी क्लव रामपुर, ज्योतिपुन्ज युवा क्लव, रोट्रायाक्ट क्लव अफ बुटवलको आयोजनामा मुटु तथा मृगौला रोगीलाई प्राथमिकता दिएर सञ्चालन गरिएको शिविरमा एक हजार २१० जनाले उपचार गराएका थिए । कालीगण्डकीवेशी, पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुरवासीले शिविरबाट स्वास्थ्य परीक्षण गराउनाका साथै निःशुल्क औषधि पनि पाएका थिए। रामपुर नगरपालिकाको समन्वयमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र, […]
विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुव्र्यवहार गरेको उजुरी परेको थियो । विमान चालकद्वारा परिचारिकामाथि दुव्र्यवहार गरेका विषयमा […]
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संस्थापक कुलपति एवं राष्ट्रगानका सङ्गीतकारसमेत रहनुभएका वरिष्ठ सङ्गीतज्ञ अम्बर गुरुङको ८५औँ जन्मजयन्ती मनाएको छ । संस्थापक कुलपति गुरुङका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, प्राज्ञ डक्टर किराँत लगायतले नेपाली कला क्षेत्रमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । […]
रत्ननगर नगरपालिकाले रोजगार मेला गर्ने भएको छ । रोजगार दिने र रोजगारी खोज्नेबीच मिलन गराएर मेला गर्न लागिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेछ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच […]
बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरिएका हुन् । आइतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा […]
घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा निःशुल्क स्वास्थ्य सेवा लिनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । कक्ष नं २ मा बिएस डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक प्राली र जय माता दि सेनेटरी उद्योग प्रालीले नियमित स्वास्थ्य सेवा प्रदान गरिरहेका आयोजक मूल समितिले जानकारी दिएको छ […]
हिमाली जिल्ला मनाङमा हिउँद याम सकिन लाग्दासम्म पनि हिउँ परेको छैन । विगतका वर्षमा हिमपातले आवागमन नै अवरुद्ध हुने गरेकामा यसवर्ष भने आवश्यक मात्रामा पनि हिउँ नपरेर समस्या भएको छ । फागुनको मध्यसम्म आइपुग्दा आंशिक मात्र हिउँ परेको कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले बताउनुभयो । “डाँडा क्षेत्रमा हिउँ परेको देखिन्छ तर बजार क्षेत्रमा परेको […]
धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार साँझ ७ बजे […]
फागुन शुक्ल अष्टमीका दिन आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबार अघि फागुको चीर ठड्याइएपछि विधिवत्रूपमा फागु पर्व सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ७ः४५ बजेको साइतमा चीरोत्थान गरिएको छ । फागुन शुक्ल अष्टमीका दिन बिहान चीर ठड््याएपछि उपत्यकामा फागु पर्व सुरु गर्ने परम्परा छ । हनुमानढोका दरबार क्षेत्रमा मानन्धर समूहले चीर […]