काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उच्च पहाडी […]
काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न सरकारले चालेका कदमबारे सार्वजनिक जानकारी गराउनु पर्नेमा संसद्मा कुरा उठेको छ । सांसद रेखा यादवले आजको बैठकमा लघुवित्त क्षेत्रका समस्याबारे अर्थ मन्त्रालयले जवाफ दिनुपर्ने बताउनुभएको हो । “अहिले लघुवित्तका समस्या बाहिरिरहेका छन् । यसबारे अर्थमन्त्रालय किन मौन छ ? समस्या समाधानका लागि के–कस्ता प्रावधान […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सिटीइभीटी) को ३५औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ, […]
मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ । खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएका छन् […]
काठमाडौँ । नेकपा एमालेका सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेक छन । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो […]
काठमाडौँ महानगरपालिकाले वडा वडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ । महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्ने लगायत समस्या बढी आएको हो । वडासदस्य रेणु श्रेष्ठको संयोजकत्वमा गठन भएको केन्द्रमा आएका सयौँ उजुरीमध्ये घर भाडासम्बन्धी विषय धेरै रहेको […]
काठमाडौँ । अबदेखि काठमाडौँ उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने भएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्थालाई मध्यनजर गरी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि उक्त नियम लागू गरिएको हो […]
काठमाडौँ । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा […]
काठमाडौँ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ । कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई कलाश्री सम्मान अर्पण गरियो । त्यस्तै रू एक लाख राशिको कलाश्री पुरस्कार समालोचक प्रा डा लक्ष्मण गौतम, रू ७५ हजार राशिको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार […]
काठमाडौं । नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक कालोपत्र गरिने भएको छ । निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिमटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नख्खुमा पाइप फुटेको ठाउँमा अहिले […]
काठमाडौं । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ । विगत सात महनादेखि काठमाडौँ उपत्यकाको फोहर उक्त स्थानमा विसर्जन हुँदै आएको छ । उक्त स्थानमा फोहर राखेपछि त्यसको थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ । फोहरलाई खुला […]
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । सहायक निर्वाचन अधिकृत अमृता कुमारी […]