राष्ट्रपति भण्डारी पूजाको तयारीमा

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ ११:३६
राष्ट्रपति भण्डारी पूजाको तयारीमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुगेकी छिन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी त्यहाँ गएकी हुन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार गएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे ।
बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १०, २०७९ ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट