हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट

कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १0:१५
कचनकवलका युवा बेसार खेतीतर्फ आकर्षित
काठमाडौँ । झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् । कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती गर्न थालेको ३२ वर्षीय प्रदीपले बताउनुभयो । “पहिलो वर्ष ६० हजार किलो बेसार उत्पादन भयोे”, उहाँले भन्नुभयो, “यसपटक ४० देखि ५० हजार किलोसम्म उत्पादन हुने अनुमान छ ।” सुरुआतमा बजार नपाउँदा समस्या भएको थियो । “बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाले नलगेपछि त्यसै थन्कियो”, उहाँले भन्नुभयो, “थोरबहुत सहकारीले बीउका लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।” स्थानीय सामग्रीको प्रयोग गरेर बेसार प्रशोधन गर्ने गरेको प्रदीपले बताउनुभयो । काँचो बेसार नबेचिएपछि उनीहरुले साथी कृषि फार्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालेका हुन् । बेसारको बीउसमेत बिक्री गर्ने गरिएको छ । बेसारको धुलो बनाएर करिब तीन हजार किलो बिक्री गरेको अर्का कृषक गोविन्दले बताउनुभयो । बेसार खेतीबाट पहिलो उत्पादन गर्न रु १२ लाख खर्च भएको उहाँले बताउनुभयो । खेतीमा अग्र्यानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ । धुलो बेसार प्रतिकिलो रु तीन सयमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरूले उत्पादन गरेको बेसारको माग धेरै रहेको उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेको बेसार एकपटक प्रयोग गर्ने उपभोक्ता अर्कोपटक पनि हामीकहाँ नै आउनुहुन्छ”, गोविन्दले भन्नुभयो, “थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अग्र्यानिक भएकाले स्वास्थ्यकर पनि छ ।” व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लग्ने गरेका छन् । भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार रु दुई सयदेखि रु दुई सय ५० मै बिक्री हुने भएकाले समस्या हुने गरेको छ । बेसार खेतीसँगै अन्य मसलाजन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती सुरु गर्ने सोच रहेको उनीहरू बताउँछन् । यता कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फार्म तथा प्रशोधन केन्द्रलाई रु सात लाखसमेत अनुदान दिने भएको छ । बेसार प्रशोधनका लागि उक्त फार्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।” झापामा व्यावसायिक बेसार खेती खासै नभएको उहाँको भनाइ छ ।
  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १0:१५
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

देशका विभिन्न स्थानमा वर्षा
देशका विभिन्न स्थानमा वर्षा
चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
विधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा महत
विधानको रक्षाका लागि कांग्रेसको राष्ट्रपति हुनुपर्छ : डा महत
चलचित्र ‘बहाव’ प्रदर्शनमा
चलचित्र ‘बहाव’ प्रदर्शनमा
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छः अध्यक्ष राउत
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छः अध्यक्ष राउत
सडक स्तरोन्नतिपछि मुहार फेर्दै धनगढी
सडक स्तरोन्नतिपछि मुहार फेर्दै धनगढी
आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शनमा
आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शनमा
खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा
खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: