हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स

भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ ११:३५
भोजपुरका  पर्यटकीय क्षेत्र ओझेलमा
काठमाडौँ ।  १२ फागुन (रासस): भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् । यहाँ योगमायाको तपोभूमि गौडेनी, प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोस्रो हलेँसी भनेर निचिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत यहाँ प्रशस्त धार्मिक तीर्थस्थल छन् । यी ठाउँका बारेमा स्थानीयलाई समेत कम जानकारी छ । त्यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थान जिल्लामा प्रसिद्ध छन् । यी स्थानबाट पर्यटकीयस्थलको सहज आनन्द लिन सकिन्छ । खासगरी बसाइँसराइ दर बढी भएका कारण यहाँको जनघनत्व कम छ । मानिसको चाप कम भएसँगै यस्ता स्थलका विकासमा प्रत्यक्ष असर पुग्ने स्थानीय जानकारहरूको भनाइ छ । ऐतिहासिक हतुवागढी, कोटगढी पनि छन् । हतुवागढी गाउँपालिकामा रहेको हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी दुवै स्थान गुमनाम छन् । कतिपय ऐतिहासिक धरोहरको स्थानीयस्तरबाट संरक्षण गरिए पनि देश–विदेशमा चिनाउन नसक्दा यहाँ बाह्य पर्यटकको आवागमन कमै हुने गरेको छ । मानिसको बसोबास कम भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा मानिसको आवगमन घटेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क जिल्लाको जनसङ्ख्या ऋणात्मक रहेको छ । विसं २०६८ को जनगणनामा जिल्लाको कुल जनसङ्ख्या एक लाख ८२ हजार चार सय ५९ थियो । विसं २०७८ को राष्ट्रिय जनगणनामा यहाँको जनसङ्ख्या घटेर एक लाख ५८ हजार नौ सय ९१ भएको छ । दश वर्षमा यहाँको जनसङ्ख्या २३ हजार चार सय ६८ ले घटेको छ । जिल्लाको जनसङ्ख्या वृद्धिदर वार्षिक एक दशमलव ३२ ले ऋणात्मक देखिएको छ । कुनै पनि ठाउँको पर्यटकीयसँगै अन्य क्षेत्रको विकासमा जनसङ्ख्याले भूमिका खेल्ने गर्दछ । तर यहाँ भने जनसङ्ख्याले विकासमा असर पु¥याएको देखिन्छ । त्यससँगै सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार लगायतले पनि विकासको सूचक निर्धारण गर्दछ । यहाँ हिउँदयाममा यातायात सञ्चालन भए पनि बर्खायाममा मानिसलाई घुमफिरका लागि यातायातको सहज पहुँच छैन । यसका लागि कतिपय स्थानमा सडकको विकास गर्न आवश्यक छ भने कतिपय ठाउँका पर्यटकीय क्षेत्रमा पुग्न पैदलमार्गलाई व्यवस्थित बनाउनुपर्ने स्थानीयको माग छ । प्रचार अभाव तथा आवश्यक पूर्वाधार विकास अभावमा यहाँका पयर्टकीय क्षेत्र भएको तुलनामा पर्यटक नआउने गरेको जिल्लाका स्थानीय अजय राईको भनाइ छ । “यहाँ दर्जनौँ पर्यटकीय तथा धार्मिक क्षेत्र छन्”, उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रको तुलनामा घुम्न आउने मानिसको सङ्ख्या ज्यादै न्यून छ । कामविषेशले केही बाहिरबाट आए पनि यहाँको पर्यटकीय क्षेत्रलाई नै हेर्नका लागि भनेर आउने पर्यटकको सङ्ख्या कम छ । हामीले प्रचार–प्रसारमा ध्यान दिन आवश्यक छ ।” यहाँको मुन्दुम पदमार्गको पछिल्लो समयमा आएर परिचित बनेपछि आशा गरेअनुसारको अनुपातमा पर्यटक आउन नसकेको राईको भनाइ छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराइैका समथर फाँटका मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न पाइने पदमार्ग भए पनि देशमा देखिएको कोभिडका कारण बाह्य पर्यटक आउन समस्या भएको राईको बुझाइ छ । उकालो–ओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक–३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ । यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अग्र्यानिक खानेकुरा, विभिन्न किसिमका वन–वनस्पती, जडीबुटीलगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थानका रूपमा यसले चिनारी बनाएको छ । तर पर्यटकलाई यस्ता ठाउँको विषयमा कमै मात्रमा जानकारी हुँदा पनि आवगमन कम हुने स्थानीय जानकारहरूको भनाइ छ ।
  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ ११:३५
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

क्रिश्चियन बने रोग निको हुन्छ भन्दै प्रचार गर्नेको मुखमा कालो पोतियो
क्रिश्चियन बने रोग निको हुन्छ भन्दै प्रचार गर्नेको मुखमा कालो पोतियो
राष्ट्रियसभा निर्वाचन : कांग्रेसका सबै गुटलाई पँजनी, थापाको फरक मत
राष्ट्रियसभा निर्वाचन : कांग्रेसका सबै गुटलाई पँजनी, थापाको फरक मत
दलहरु बस्ती पसेपछि जनतामा उत्साह
दलहरु बस्ती पसेपछि जनतामा उत्साह
ओली जता पनि माग्दै हिंडे : पौडेल
ओली जता पनि माग्दै हिंडे : पौडेल
५० मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको सामसङ फोन नेपाली बजारमा, मूल्य १९ हजार
५० मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको सामसङ फोन नेपाली बजारमा, मूल्य १९ हजार
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा
बालेनलाई नयाँ साथी सहसचिव प्रदिप परियार
बालेनलाई नयाँ साथी सहसचिव प्रदिप परियार
कोहलपुरमा कासेली घर सञ्चालन
कोहलपुरमा कासेली घर सञ्चालन
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: