हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला

असला पारखीको गन्तव्य तातोपानी

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:४८
असला पारखीको गन्तव्य तातोपानी
काठमाडौँ ।  बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो । असला माछाको स्वाद लिन देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेका तातोपानीको थकाली होटलकी सञ्चालक मना तुलाचनले बताउनुभयो । “यसअघि तातोपानी डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराकका रुपमा प्रयोग हुने असला माछाको स्वाद लिन पछिल्लो समय टाढा–टाढाबाट पाहुना आउनुहुन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउने पाहुनाले असलालाई स्वादिलो मानेर कोसेलीका रूपमा लैजाने पनि गर्नुभएको छ ।” जिल्ला सदरमुकाम बेनीबजारबाट आठ किलोमिटर टाढा रहेको तातोपानी जोड्ने सडक गत वर्ष कालोपत्र भएपछि कुण्डमा स्नान गर्ने र असला माछाका पारखीहरूको गन्तव्य बनेको हो । बेनी, बागलुङ, कुश्मा, पोखरा, चितवन, काठमाडौँलगायत देशका विभिन्न ठाउँका पाहुना माछाको स्वाद लिन आउने गरेको होटल व्यवसायी पदम बानियाँले बताउनुभयो । उहाँका अनुसार मुस्ताङ जाने र फर्कने क्रममा तातोपानी स्नान गर्न आउँछन् । “स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारका रूपमा खाने गर्दथे”, बानियाँले भन्नुभयो, “पछिल्लो समय तातोपानी घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले स्नान गरेपछि ताजा माछाको सुप बनाएर खाने र फ्राइ गरेर कोसेली लिएर फर्कने गरेका छन् ।” म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् । अन्यत्रभन्दा तातोपानीका माछा बढी स्वादिष्ट मानेको बेनीका व्यवसायी कृष्णराज पौडेलले बताउनुभयो । जाल, तेरी, ढडिया र बल्छीको माध्यमबाट माछा मारेर बेरोजगार युवाहरूले आम्दानी गरिरहेका छन् । ताजा माछाप्रति केजी रु एक हजार पाँच सयमा बिक्री हुने गरेको छ । प्रतिप्लेट माछा रु चार सयदेखि पाँच सयमा बिक्री हुन्छ । असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ भएको होटल हिमालयनका सञ्चालक कुमार केसीले बताउनुभयो । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “माछा कमै पाइने भएकाले कोसेलीका रूपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको छ ।” व्यवसायीका अनुसार दैनिक एक सय किलोग्रामभन्दा बढी माछा खपत हुने गरेको छ । माछासँगै कोदो र फापरको ढिँडोले यहाँका होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको छ । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राइ आइटमका खाना पर्यटकको रोजाइमा रहेको होटल श्रेष्ठ हट स्प्रिङ इनका प्रबन्धक प्रशान्त श्रेष्ठले बताउनुभयो । प्राकृतिक उपचारको चिकित्सालयका रूपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी बढेका छन् । गत साउनदेखि माघसम्म नौ हजार जनाले तातोपानी कुण्ड स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बीरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास छ ।
  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ ११:४८
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

दोहोरो अङ्कले घट्यो नेप्से
दोहोरो अङ्कले घट्यो नेप्से
मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार
मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार
संसदमा जंगिए प्रधानमन्त्री
संसदमा जंगिए प्रधानमन्त्री
माओवादी आन्दोलनका सबै समूहलाई एकतामा आउन अध्यक्ष दाहालको आह्वान
माओवादी आन्दोलनका सबै समूहलाई एकतामा आउन अध्यक्ष दाहालको आह्वान
यू–१९ विश्वकप क्रिकेट : आज नेपाल र भारत भिड्दै
यू–१९ विश्वकप क्रिकेट : आज नेपाल र भारत भिड्दै
राष्ट्रिय सभा चुनाव: लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णु सापकोटा  निर्वाचित
राष्ट्रिय सभा चुनाव: लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णु सापकोटा निर्वाचित
सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो
सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो
एउटै वडामा सांस्कृतिक र जनजाति सङ्ग्रहालय
एउटै वडामा सांस्कृतिक र जनजाति सङ्ग्रहालय
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: