हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दैै अमेरिका

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १२:३६
मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दैै अमेरिका
काठमाडौँ । रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै हुनुहुुन्छ । युक्रेन युद्धको प्रथम वार्षिकीपछि अमेरिकाका शीर्ष कूटनीतिज्ञ आगामी मङ्गलबार कजाकिस्तान र त्यसपछि उज्वेकिस्तान पुग्नुहुने भएको छ । कजाकिस्तानको राजधानी अस्तानमा सबै पाँच पूर्वशोभियत राज्यका विदेशमन्त्रीसँग उहाँले संयुक्तरूपमा भेटवार्ता गर्नुहुनेछ । दक्षिण र मध्य एशियाका लागि अमेरिकी कूटनीतिज्ञ डोनाल्ड लुले पूर्वशोभियत राज्यहरूले रुस वा चीनसँगको सम्बन्धलाई महत्व दिइरहेका बेला त्यहाँ अमेरिकी उपस्थिति प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताउनुभएको छ । विदेशमन्त्री ब्लिङ्केनको भावी भ्रमण मस्को र बेइजिङभन्दा वासिङ्टन विश्वसनीय साझेदार भएको ती देशलाई आश्वास्त पार्ने उद्देश्यका साथ हुन लागेको पत्रकारहरूलाई बताउनुभएको छ । पूर्वशोभियत गणतन्त्रहरूमा अमेरिकी संलग्नता बढाउने तथा आर्थिक सहायता उपलव्ध गराउने सन्दर्भमा भ्रमण हुन लागेको उहाँले उल्लेख गर्नुभयो । ती देशसँग अमेरिकी प्रस्तावबारे छलफल गर्न आवश्यक भएको उहाँको कथन छ । कूटनीतिज्ञ तथा विज्ञहरूका अनुसार मध्य एशियाली देशका नेताहरू मस्कोसँग औपचारिक सुरक्षा सम्झौताबाट विमुख हुन चाहदैनन् । रुस नै उनीहरूका श्रमिकहरूको प्रमुख गन्तव्य मुलुका हो । यस्तो पृष्ठभूमिमा उनीहरू रुससँगै रहेको देखाउन चाहन्छन् भने उसको आर्थिक प्रभावबाट मुक्त हुन असमर्थ छन् । गत बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभाले युक्रेनमा दिगो शान्ति कायम गर्न त्यहाँबाट रुसी सेना तत्काल निःशर्त आफ्नो देश फर्कनुपर्ने प्रस्तावमाथिको मतदानमा पनि ती देश सहभागी भएनन् । मध्य एशिया अमेरिकाका निम्ति सीमाहीन भएको मध्य एशिया विज्ञ पिट्सवर्ग विश्वविद्यालयका जेनिफर ब्रिक मर्तजासभिली बताउनुहुन्छ । “मध्य एशियाली राष्ट्रका नेताहरू रुसको प्रभावबाट मुक्त हुन चाहन्छन् । यो कुरा उनीहरूले राम्ररी बुझेका छन् । रुस उनीहरूका लागि खतरा हो, तर भूगोलका आधारमा उनीहरू चाहेर पनि मस्कोको साथ छाड्न सक्दैनन् । उनीहरूको आर्थिक स्थितिले पनि त्यसो गर्ने अनुमति दिँदैन । उनीहरू विकल्प चाहन्छन्,” उहाँले भन्नुभयो । संयुक्त राज्य अमेरिकाका लागि यी रचनात्मक पक्ष भएका बताउँदै उहाँले ती देशका नेताहरूसँग अमेरिकाले संलग्नता बढाउनु स्वाभिवक भएको तर्क गर्नुभयो । कजाकिस्तानसँग रुसको सबैभन्दा लामो सिमाना छभने सबैभन्दा जटिल सम्बन्ध पनि । कजाकिस्तान जातीय रुसी अल्पसङ्ख्यकको अधिकारको बारेमा सजग छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन आक्रमणको औचित्यबारे कजाक नेताहरूलाई बताउनुभएको छ । उहाँले कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभलाई गत वर्ष भेटेर रुससँगको साझेदारी पुनः पुष्टि गर्नुभएको थियो । केही समयअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको कुराकानीमा कजाकिस्तानका राष्ट्रपतिले अन्तर्राष्ट्रिय कानुनमा आधारित द्वन्द्वको अन्त्यका लागि वार्ता गर्न आग्रह गर्नुभएको थियो । युक्रेन आक्रमणको एक महिनाअघि राष्ट्रपति तोकायेभले रुसी नेतृत्वको सेनालाई दङ्गा नियन्त्रणमा मद्दत गर्न आह्वान गर्नुभयो तर जनताको व्यापक विरोधपछि उहाँले उक्त आह्वान स्थगन गर्नुभएको थियो । ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनले गत अक्टोबरमा रुसले मध्य एशियाली देशहरूको हितलाई बेवास्ता गरेको आरोप लगाउँदै पुटिनलाई क्षेत्रीय बैठकमा सार्वजनिक रुपमा गाली गरेको भिडियो भाइरल भएपछि रुस– ताजिकिस्तान सम्ब्न्धमा तरङ्ग उत्पन्न भएको थियो ।
  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १२:३६
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित
एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित
कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या
कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या
नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी
नेतृत्वले देशको आवश्यकता बुझ्न जरुरी: नेता भण्डारी
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालबाट निन्दा व्यक्त
बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर
अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर
विमानस्थलबाट ३ डल्ला सुन समातियो
विमानस्थलबाट ३ डल्ला सुन समातियो
भक्तपुरमा आजदेखि बिस्काः जात्रा
भक्तपुरमा आजदेखि बिस्काः जात्रा
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: