बाल नाटक मेलामा निष्ट स्कुल सर्वोकृष्ट

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १७:0२
बाल नाटक मेलामा निष्ट स्कुल सर्वोकृष्ट

भक्तपुर । नाट्यकर्मी महासङ्घ नेपालको आयोजना तथा सांस्कृतिक संस्थान र प्याब्सनको सहआयोजनामा भएको राष्ट्रिय बाल नाटक मेला २०७९ मा निष्ट स्कुलको नाटक ‘पार्वती÷छोरीको मुन्डामा फोलि’ नामक नाटकले सर्वोत्कृष्ट नाटकको पुरस्कार हात पारेको छ ।

यहीँ फागुन ८ गतेदेखि मञ्चन भएका विभिन्न नाटकलाई पछाडि पार्दै निष्ट स्कुलको उक्त नाटकले रु एक लाख ३० हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले विद्यालय तथा विद्यार्थीलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

मेलामा निष्ट स्कुलको उक्त नाटकले विभिन्न सात विद्यामा सर्वोत्कृष्ट नाटक, उत्कृष्ट निर्देशक, उत्कृष्ट शृङ्गार, उत्कृष्ट पार्श्व ध्वनि, उत्कृष्ट भेषभुषा, उत्कृष्ट कलाकार सहायक चरित्र पुरुष र उत्कृष्ट कलाकार नकारात्मक चरित्र पुरुषमा सर्वोत्कृष्ट घोषित भई पुरस्कार हात पारेको हो ।

निष्ट स्कुलका कक्षा ५ र ६ का १२ विद्यार्थीले जिवन्त अभिनय गरेको उक्त नाटकलाई स्कुलका नाटक शिक्षक पुष्पराज अवस्थीले निर्देशन गर्नुभएको विद्यालयका प्रिन्सिपल चन्द्र अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र दाङका ११ स्कुलका ११ नाटक मेलामा प्रतियोगितात्मकरुपमा मञ्चन गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिनुभयो । विभिन्न २० विधामा पुरस्कार दिइएको उक्त नाटक मेलाका नाटकको वरिष्ठ रङ्गकर्मी, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभले मुख्य निर्णायक र प्रथम नायिका भुवन चन्द तथा रङ्गकर्मी शेखर चापागाईंले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट