दुई विषयगत समितिको प्रतिवेदन सभामा पेस

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ १५:0२
दुई विषयगत समितिको प्रतिवेदन सभामा पेस

राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति डा बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन प्रतिवेदन २०७८÷०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताउनुभयो । त्यस अवधिमा नौ वटा विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीन वटा प्रचलित ऐनको कार्यान्वयन मापन गरिएको जानकरी उहाँले गराउनुभयो । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा (पार्वती) ले उक्त समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभयो । उहाँले समितिको आर्थिक वर्ष २०७५÷७६, २०७६÷७७, २०७७÷७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कनसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट