व्यासमा कृषकलाई मकैको बीउ वितरण

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:१0
व्यासमा कृषकलाई मकैको बीउ वितरण

तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिनुभयो । प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उहाँले बताउनुभयो । “हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ”, बगालेले भन्नुभयो–‘बाँकी बीउ वितरण जारी छ ।” उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उहाँको भनाइ छ । व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई २२ मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ । एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ । –––

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट