सभामुख घिमिरे बहराइन प्रस्थान

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ २१:४७
सभामुख घिमिरे बहराइन प्रस्थान

सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन आज बहराइन प्रस्थान गर्नुभएको छ । यही फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे हुनुहुन्छ । महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज् ः फाइटिङ इनटलरेन्स’ विषयमा जेनेरल डिबेटमा सङ्घीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्नुहुने कार्यक्रम छ । महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिनेछ ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन २६, २०७९ २१:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट