शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न माओवादी धाराका दलको माग

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २८, २०७९ १८:२२
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न माओवादी धाराका दलको माग

काठमाडौं । माओवादी धारका ६ दलहरुले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पुरा गर्न सरकारसँग माग गरेको छ । आज माओवादी धारका ६ दलले संयुक्त पत्रकार सम्मेलन गर्दै संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा अविलम्ब पुरा गर्न माग गरेको हो । माओवादी धारका नौ दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेपनि पत्रकार सम्मेलनमा ६दलमात्रै सहभागी भए ।

‘अविलम्ब आवश्यक कानुन बनाई शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न हामी सरकारसँग विशेष अपील गर्दछौं । विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अंग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको छ । यो ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताका विरूद्ध हुने तथ्य पनि स्पष्ट छ,’– संयुक्त विज्ञप्तिमा भनिएको छ ।

संक्रमणकालीन न्याय फौजदारी अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गरिनु पर्ने उनीहरुको माग छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्धाहरू सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने उनीहरुको दाबी छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २८, २०७९ १८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट