काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो ।
नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।