रवि बुटवलतर्फ सोझिए

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १३:१६
रवि बुटवलतर्फ सोझिए

नारायणगढ बुटवल सडक निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको दबाबमूलक पैदल यात्रा बुधवार बिहान बर्दघाटको त्रिवेणी चोकबाट सुरु भई बुटवलतर्फ लागेको छ ।

सभापति रवि लामिछाने र पार्टीका केन्द्रीय सदस्यसहित कार्यकर्ताको टोली उक्त पैदल यात्रामा सहभागी रहेका छन् । मङ्गलवार साँझ दाउन्नेमा बसेको टोली आज बिहान पैदल यात्रा सुरु गरी बर्दघाट भुमही र सुनवल हुँदै बुटवलतर्फ लागेको हो ।

रास्वपाका सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई बर्दघाटमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

विद्यार्थी, व्यवसायी, शुभचिन्तक एवम् सर्वसाधारणहरू बिहानैदेखि चोक चोकमा जम्मा भएर स्वागत गरेका थिए भने बुटवल नारायणगढ सडक छिटो सम्पन्न गर्न सदनमा आवाज उठाइदिन उनीहरूले आग्रह गरेका छन् ।

सम्भवतः आज नै बुटवल पुग्ने कार्यक्रम तय भएको पार्टीका स्थानीय नेताहरूले जानकारी दिएका छन् । नारायणगढ बुटवल सडक निर्माणमा भइरहेको ढिलाइका निम्ति दबाब दिन रास्वपाले पैदल यात्रा सुरु गरेको हो ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० १३:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट