विदेश जाने युवालाई अनावश्यक दुःख नदिन प्रधानमन्त्रीको निर्देशन

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १८:१४
विदेश जाने युवालाई अनावश्यक दुःख नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौं समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरिएको छ । पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुःख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस् ।’

 

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १८:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट