प्रधानमन्त्री दाहालद्वारा मतदान

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १२:२७
प्रधानमन्त्री दाहालद्वारा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता हुनुहुन्छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट