नेकपा (एकीकृत समाजवादी) को महासचिवमा घनश्याम भुसाल

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १४:४0
नेकपा (एकीकृत समाजवादी) को महासचिवमा घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले हाल कायम रहनुभएको महासचिव डा बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । नेकपा (एमाले)मा उपमहासचिवको जिम्मेवारी पूरा गर्नुभएका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट