स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १०, २०७९ १६:२२
स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले स्रोतसाधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलियो नहुने धारणा राख्नुभयो । “स्थानीय तहका प्राथमिकता र रोजाइका आधारमा सङ्घ र प्रदेशले बजेट तथा कार्यक्रम निर्धारण गर्नुपर्छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “दिगो विकासका लक्ष्य हासिल गर्ने गरी तीनै तहका सरकार मिलेर काम गर्नुको विकल्प छैन ।” स्थानीय तहलाई अधिकार र स्रोतसाधन सम्पन्न नबनाए जनअपेक्षा पूरा गर्न नसकिने उहाँको भनाइ छ । आवश्यकता र प्राथमिकता निर्धारण गरी विकासका आयोजना सञ्चालन गर्न स्थानीय तहका पदाधिकारीहरुलाई मुख्यमन्त्री अधिकारीले सुझाव दिनुभयो । उहाँले आफू सङ्घीय ससंद्मा प्रतिनिधित्व गर्दा स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा जोड दिएको उल्लेख गर्दै स्थानीय तहसँग समन्वय गरी विकास निर्माणका काम गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १०, २०७९ १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट