सरकारलाई समर्थन गर्छौं : अध्यक्ष केसी

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १७:२८
सरकारलाई समर्थन गर्छौं : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले यसअघि सरकारलाई समर्थन नगरिएको भए पनि यसपटक विश्वासको मत दिने निर्णय गरिएको बताउनुभयो । “प्रधानमन्त्री नियुक्त हुन नयाँ गठबन्धन बनाए पनि पछि पुरानै गठबन्धन कायम भयो । यसपाली अरु सबैले दिए भनेर होइन, राष्ट्रिय जनमार्चाले यसपाली समर्थन गर्नुपर्छ भन्ने निर्णय गरेको छ, सबैले समर्थन गरेका बेला हामीले समर्थन गरेनौँ, हामीले एक्लै अडान लियौँ”, उहाँले भन्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र, नेपाली जनताको अवस्था, बेरोजगारी समस्या समाधानमा भन्दा पनि दलको चिन्ता सरकार टिकाउने र गिराउने खेलमा केन्द्रित रहेको बताउनुभयो । “सत्ता र शक्तिका लागि मात्र नलडौँ, राष्ट्र र जनताको समस्यालाई विचार गरौँ”, उहाँले भन्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जनअपेक्षा पूरा गर्न नसक्ने सरकारलाई विश्वासको मत दिन नसकिने बताउनुभयो । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारलाई निरन्तर समर्थन रहिरहने बताउनुभयो । निषेधले देश र जनताको हित नगर्ने भन्दै सम्पूर्ण दल मिलेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १७:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट