नेपाल प्रहरीको प्रमुखमा कुँवर नियुक्त

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १०, २०७९ १७:३६
नेपाल प्रहरीको प्रमुखमा कुँवर नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा वसन्तबहादुर कुँवरको बढुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

योसँगै कुँवर नेपाल प्रहरीको ३० औं आईजी बनेका छन्। एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर आईजीमा बढुवा भएका हुन्।
अर्घाखाँचीका कुवँर पहिलो नम्बरमा एआईजी बढुवा भएका थिए। एआईजीको फुली लगाएको दुई दिनमै उनी आईजीमा बढुवा भएका हुन्। ३० वर्षे सेवा अवधिका कारण हालका आईजी धिरज प्रताप सिंह आजबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त आईजी पदमा कुँवरलाई बढुवा गरिएको हो।

आईजीमा बढुवा भएका कुँवर डीआईजी बढुवा हुँदा पनि पहिलो नम्बरमै थिए। उनी पूर्व महान्यायाधीवक्ता तथा गण्डकी प्रदेशको प्रदेश प्रमुख समेत भइसकेका बाबुराम कुँवरका सहोदर भाइ हुन्। कुँवरको कांग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध रहेको बताइन्छ। कांग्रेसकै नेताहरुको जोडबलमा उनी आईजीमा बढुवा भएका हुन्।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र १०, २०७९ १७:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट