‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार दाहाल र अधिकारीलाई

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र १४, २०७९ २१:४५
‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार दाहाल र अधिकारीलाई

नेपाल पत्रकार महासङ्घ मोरङले यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १६औँ बैठकले रु ५० हजार ५१ राशिको उक्त पुरस्कार दाहाल र रु १५ हजार ५१ राशिको प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो । ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भइसक्नु भएको छ । यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भइसक्नु भएको छ । दुवै पुरस्कार नेपाल पत्रकार महासङ्घ मोरङले स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते वितरण गर्दै आएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा विराटनगरमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रम र सोही दिन बिहान सुन्दरहरैचाको विराटचोकमा प्रभातफेरि निकाल्ने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमिति बैठकले नेपाल पत्रकार महासङघको सदस्यता नवीकरण गर्न बाँकी रहनुभएका सम्पूर्ण साधारण सदस्यलाई चैत मसान्तभित्रमा सदस्यता नवीकरण गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र १४, २०७९ २१:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट