राष्ट्रिय समाचार समिति (रासस) का उपसमाचारदाता पूर्णप्रसाद मिश्रलाई पितृशोक परेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ निवासी उहाँका पिता लालकृष्ण मिश्रको गए राति ७५ वर्षको उमेरमा निधन भएको हो । पूख्र्यौली घर सिन्धुपाल्चोकको सिन्धु इन्द्रावती गाउँपालिका–४ रहनुभएका मिश्र लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचारका क्रममा गए राति १०ः३० बजे पशुपति ब्रह्मनालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । मिश्रको गए राति नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व मिश्रका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।