वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडे

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १६:१५
वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडे

काठमाडौं । स्वर्णीम वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडेको बताएका छन्।

उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु शेखर कोइराला र गोविन्द पोखरेललाई  सन्देश पठाउदै आफूले देउवा-आरजु गिरोहको अपमानले कांग्रेस छाडेको  सन्देशमा उल्लेख गरेका हुन् । आफूले उक्त  सन्देश पाएकाे नेता पोखरेलले पुष्टि गरे।

उनले ती चार नेतालाई सदभावका बाबजुद समेत कांग्रेसमा रहन नसक्ने अवस्था आएको  लेखेका छन्।  देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति आएको  वाग्लेले बताए । उनले कांग्रेस पार्टीमा ती चार नेताको निर्णायक हैसियत बनेको दिन फेरि जोडिनसक्ने आसा व्यक्त गर्दै कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेको बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट