काठमाडौं । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उनले मिटरब्याजीहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ ।’
अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए । पायो भन्दै जहाँतहींबाट ऋण लिन नहुने उनको भनाइ छ । उनले आम नागरिकहरु बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने बताए ।