नार्कको सेवा प्रभावकारी बनाउँन कार्यकारी निर्देशक भट्टराईको जोड

  • मिसन संवाददाता
  • शनिबार, साउन ६, २०८० १९:५२
नार्कको सेवा प्रभावकारी बनाउँन कार्यकारी निर्देशक भट्टराईको जोड

काठमाडौं । नेपाल कृषी अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कबाट किसान एवं सरोकारवालालाई दिइने सेवा, सुविधा चुस्तदुरुस्त तथा गुणस्तरीय बनाउँन तर्फ ध्यान दिन निर्देशन दिएका छन् ।

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्कका निर्देशक तथा बिभिन्न केन्द्र महाशाखाका प्रमुखसंगको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । कार्यालयको बिभिन्न सेवाको पारदर्शिता एवं सेवाको बारेमा बिभिन्न निर्णय गर्दै बैठकले प्रभावकारी कार्यान्वयन गर्दै अगाडी बढनुपर्ने उनले बताए ।

नार्कको सबै अनुसन्धान केन्द्रलाई सफा, सुन्दर बनाउँने, साथै बाथरुमदेखी कार्यालय कक्ष, ल्याब, सफा राख्ने, नियमित स्टाफ बैठक अनिवार्य गर्ने, कार्यक्रमको बारेमा सबै कर्मचारीका बीचमा नियमित छलफल गर्ने, बार्षिक कार्यक्रम र बजेट सबैले देख्ने ठाउँमा टाँस गर्ने लगायतका निर्णय गर्दै बैठकले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

खुमटार कम्पेलेक्सका सेन्टर चिफहरुको बैठक प्रत्येक महिनाको पहिलो सोमबार केन्द्रीय कार्यालयको बैठक कक्षमा बस्ने निर्णय भएको छ । सो बैठकको एजेण्डा तय गर्ने, माइन्यूट लेख्ने र निर्णयलाई कार्यान्वयन गराउँने काम कृषि बिज्ञान अनुसन्धान प्रतिष्ठान (नारी) र पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान (नार्सी)का निर्देशकहरुले गर्ने र सोको अनगमन नार्कको केन्द्रीय कार्यालयले गर्ने समेत बैठकले निर्णय गरेको छ ।

सबै स्वीकृत कार्यक्रम र परियोजनाको कार्ययोजना बनाई समयमै प्रभावकारी रुपमा कार्यान्वयन गराउँने र गरिएका सबै उपलब्धिहरुलाई सबैले थाहा पाउँने गरी प्रचारप्रसार गर्ने निर्णय समेत भएको छ । यस अघि यस्तो नियमित बैठक हुन नसकेको र नार्कको नयाँ नेतृत्व आएपछि नियमित बैठक, छलफल हुन थालेपछि सहभागि निर्देशक एवं महाशाखा प्रमुखले खुशी व्यक्त गर्दै यसलाई आउँने दिनमा समेत नियमित गर्न सुझाव दिएका छन् ।

यसैगरी बैठकमा नार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँने बारेमा समेत छलफल भएको छ । त्यसका लागि सबै केन्द्र प्रमुखले आ–आफ्नो कार्यालयमा छलफल गरी सात दिन भित्रमा लिखित सुझाव दिने निर्णय समेत भएको छ ।

कार्यक्रम कार्यान्वयन गर्न आवश्यक कमिटीहरु खरिद कमिटी, भौतिक परिक्षण कमिटी, कार्यालय र अनुसन्धान व्यवस्थापन कमिटी लगायतका सबै तयारी साउन महिनाको २० गते भित्रमा गर्ने र सबै क्रियाकलापहरु समयमा संचालन गर्ने गराउँने निर्णय बैठकले गरेको छ ।

  • मिसन संवाददाता
  • शनिबार, साउन ६, २०८० १९:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट