बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र २८, २०७९ १७:0९
बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य

जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषाण गरिएको छ । दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिह बोहोराले जानकारी दिनुभयो । यहाँका आठवटा स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भन्नुभयो, “विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणबाट देखिएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको हो ।” अब अरु वडालाई छिट्टै बालविवाहमुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृति रोकथाम गर्न यो महत्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । बालविवाहमुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा यससम्बन्धी परियोजना लागू गरेर अन्तत ः बालविवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिनुभयो । तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जिल्लाको तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार यहाँको तातोपानी गाउँपालिका– २ मा एक कार्यक्रमका बीच साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय पहुँच पु¥याइ जीवनस्तर उकास्न, आम्दानी गरी खर्चमा मितव्ययिता अपनाइ बचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखाजोखा गरी योजना बनाइ अगाडि बढ्न र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको स्वावलम्बन लघुवित्त इलाका प्रबन्धक दीपक महतले बताउनुभयो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले जुन किसिममा कर्जा लिएका छन त्यही अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । स्वावलम्बन लघुवित्त शाखा जुम्लामा कार्यरत कर्मचारी कर्णसिंह रावतले नेपाल राष्ट्र बैंकको नीति नियममा रहेर काम गरिरहेकोले बाहिर फैलिएको हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो । वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तमा आवद्ध रहेका समूह, महिला सदस्यको सहभागी रहेको स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जनाएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र २८, २०७९ १७:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट