प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १७:२९
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी

नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको बोल्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कायमै छ, राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि मत दियौँ तर रेशम चाधैरीलगायत टीकापुर राजबन्दीको रिहाइमाग पूरा भएको छैन ।” छलफलका क्रममा सांसद अमरेशकुमार सिंहले मुलुक राजनीतिक स्थीरताका लागि नभई भागबन्डामा चलिरहेको आरोप लगाउनुभयो । “अरुलाई स्थीरताको उद्देश्य सिकाएर आफू अस्थिर बन्नेलाई राजनीतिक भागबन्डा भनिन्छ । देशको समस्या राजनीतिक भागबन्डा हो ।” उहाँले जनताको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच नपुगेसम्म देश समृद्ध नहुने स्पष्ट पार्नुभयो ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १७:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट