कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवा शुभारम्भ

  • मिसन संवाददाता
  • आइतवार, बैशाख ३, २०८० १७:२९
कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवा शुभारम्भ

मोरङको बेलबारी नगरपालिका–३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवाको शुभारम्भ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले ल्याब परीक्षण सेवाको शुभारम्भ गर्दै परीक्षणको गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ । प्रदेश प्रहरी अस्पतालको ल्याबबाट सिबीसी, एलएफटी, आरएफटी, लिपिड प्रोफाइल, युरिन आर÷इ, स्टुल आर÷इ, युरिक एसिड, सोडियम, पोटासियम र सेरोलोजीलगायतका परीक्षण गरिने भएको छ । सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्यामकुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेललगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, बैशाख ३, २०८० १७:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट