हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स

अमेरिकामा मनाइयो पारिजात स्मृति दिवस

  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १३:१९
अमेरिकामा मनाइयो पारिजात स्मृति दिवस
नेपाली भाषा, साहित्यलाई भावी पिँढीमा आकर्षण गराइ प्रवासी भूमिमा अपनत्व भावना सृजना गर्न यस क्षेत्रमा क्रियाशील वयक्तिहरुले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल साहित्य समाज मेरिल्यान्ड च्याप्टरको पदस्थापना कार्यक्रम, नयाँ वर्ष २०८० तथा ८०औँ पारिजात स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । मेरिल्यान्ड जनरल एसेम्ब्लीका विधायक डा हयारी भण्डारीले भावी पिँढीका लागि उपयोगी हुनेगरी र उनीहरुको रुचिलाई ध्यानमा राखेर साहित्य सृजना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको कला र संस्कृतिको बहुआयामिक पाटो झल्कने कृतिहरु अनुवाद गरेर विश्व बजारका साथै विदेशी विश्वविद्यालयहरुमा अध्यापनका लागि पहल गरिनुपर्ने बताउनुभयो । विधायक भण्डारीले पारिजातको नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले विदेशी भूमिमा बसेर साहित्य सृजनामा अभ्यस्त व्यक्तित्वहरुबाट गुणात्मक कृतिहरुको विकास र विस्तार हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले विश्वभरि छरिएर रहेका साहित्यकारहरुले नेपाली भाषाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा साहित्यकार पारिजातकोे तस्बिरमा माल्यार्पण गरिनाका साथै उहाँको जीवनसँग सम्बन्धित साहित्यकार गोविन्द गिरी प्रेरणाले तयार पार्नुभएको कृति ‘सुश्री पारिजात’माथि अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तीर्थ पाण्डेयले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक उत्तम गौली, पत्रकार गौतम दाहाल, मधुकर अधिकारी, डा श्याम कार्कीलगायतले नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो । अनेसास मेरिल्यान्ड च्याप्टरका सभापति भरत बराइलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरु सुवेदी, भीम रेग्मी, पूजा चन्द, विष्णु बराल, सविता अधिकारी, ज्ञानहरि घिमिरे, प्रदीपकुमार श्रेष्ठ, सहदेव कोइराला, राजेन्द्र सेन्चुरी, दीपक मुडभरी, भावना विष्ट, भीम बी शाहीलगायत दर्जनभन्दा बढी कवि तथा कवयित्रीले कविता वाचन गर्नुभएको थियो । —
  • मिसन संवाददाता
  • मङ्लबार, बैशाख ५, २०८० १३:१९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साह पैदा गरेको छ : प्रधानमन्त्री
मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साह पैदा गरेको छ : प्रधानमन्त्री
मधेसका साहुमहाजन अध्यादेशले अन्याय गरेको भन्दै आन्दोलनमा न्याय माग्दै असार ५ गते काठमाडौ घेराउ गर्ने
मधेसका साहुमहाजन अध्यादेशले अन्याय गरेको भन्दै आन्दोलनमा न्याय माग्दै असार ५ गते काठमाडौ घेराउ गर्ने
इन्स्पेक्टर नविन पौडेल सर्वोत्कृष्ट प्रहरी घोषित
इन्स्पेक्टर नविन पौडेल सर्वोत्कृष्ट प्रहरी घोषित
विदाको दिन गाउँपालिका अध्यक्षले अन्धाधुन्ध गाडी चलाउँदा चार जना घाइते
विदाको दिन गाउँपालिका अध्यक्षले अन्धाधुन्ध गाडी चलाउँदा चार जना घाइते
कांग्रेस कार्यसम्पादन समितिको बैठक चैत १४ गते
कांग्रेस कार्यसम्पादन समितिको बैठक चैत १४ गते
गोदाममा थन्किए काठका भाँडाकुँडा
गोदाममा थन्किए काठका भाँडाकुँडा
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिँदै
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिँदै
सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु
सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: