गोप्य सूचना चुहाएको आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्ष कैद

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १६:0८
गोप्य सूचना चुहाएको आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्ष कैद

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।

पाकिस्तानको विशेष अदालतले राज्यका गोप्य सूचना चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

आफूमाथि लागेको आरोप पूर्वप्रधानमन्त्री खानले अस्वीकार गर्दै राजनीतिबाट निर्देशित भएको बताएका छन् ।

भ्रष्टाचार आरोपमा ३ वर्षको जेल सजाय सुनाइएको खान हाल काराबासमा छन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १६:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट