हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर

बाघलगायतका वन्यजन्तुका लागि सोलार जडित पानी पोखरी

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० ११:२९
बाघलगायतका वन्यजन्तुका लागि सोलार जडित पानी पोखरी
बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकार दिनुभयो । “बिहान वा बेलुकाको समयमा वन्यजन्तु पानी खान तछाडमछाड गरेको दृश्य देख्न सकिन्छ”, उहाँले रासससँग कुरा गर्दै भन्नुभयो । उहाँले सुक्खा समयमा चुरेको घाँसे मैदान आसपासमा सामान्य पानी रहने र वन्यजन्तुलाई पानीको अभाव हुने भएकाले प्रत्येक वर्ष करिब चार पोखरी निर्माण गर्ने योजनाअनुसार ती पानी पोखरी बनाइएको बताउनुभयो । “सोलार जडित बोरिङबाट निरन्तर पानी आइरहन्छ र त्यसबाट आहार खाने विभिन्न प्रजातिका वन्यजन्तु पोखरीमा आएर प्यास मेटछन्”, प्रमुख संरक्षण अधिकृत शाह भन्नुहुन्छ । निकुञ्जभित्र विभिन्न ठाउँका १० स्थानमा सोलार जडित पोखरी निर्माण भएका छन । यसलाई निकुञ्जको भूगोलअनुसार अझ बढाएर सघनरुपमा चार सय ५० पानी पोखरी निर्माण गर्ने योजना रहेको निकुञ्ज प्रशासनले जनाएको छ । सीमसार क्षेत्रमा पानी भइरहने पोखरी चार स्थानमा रहेको छ । निकुञ्जभित्र खनेर बनाइएको ८० पोखरी छ जहाँ सुक्खायामा पानी हुँदैन जसका कारण वन्यजन्तुलाई पानीको अभाव हुने गर्छ । कतिपय ठाउँमा ३० मिटरमा पनि पानी आएको छ भने कतिपय ठाउँमा ६० मिटरमा पनि पानी नआएको उल्लेख गर्दै अधिकृत शाहले सोलार जडित पोखरी निर्माणका लागि रु १० लाख खर्च हुने जानकारी दिनुभयो । शाहले पोखरी निर्माणसँगै वन्यजन्तुका आहारका लागि घाँसे मैदानसमेत बनाउँदै जाने जानकारी दिँदै वन्यजतुको सङ्ख्या, प्रकार र विविधतालाई संरक्षण गर्ने योजनाअनुसारका काम भइरहेको बताउनुभयो । निकुञ्जभित्र प्रत्येक दुई किलोमिटरको ग्रिडभित्र बाघको अनुगमन र गणना गर्ने काम भएको छ । प्रत्येक ग्रिडमा एउटा पानी पोखरी, घाँसे मैदानको संयोजन गर्नसके वन्यजन्तुलाई लुक्ने स्थानको समेत विकास भएपछि वन्यजन्तु ग्रिड बाहिर जान नरुचाउने र उसमा कुनै विचलन नआउने उहाँ बताउनुहुन्छ । “यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व चुनौतीको रुपमा रहेको छ, त्यसलाई पनि सम्वोधन गर्ने छ”, शाहले भन्नुभयो । वन्यजन्तुका लागि चाहिने विषय भनेकै आहारा, पानी र लुक्ने स्थान हो । वन्यजन्तुको लागि झाडी र जङ्गल क्षेत्रको विकास गर्नसके त्यसले वन्यजन्तु बाहिर जाने अवस्था नहुने बताइएको छ । निकुञ्जभित्र घासे मैदान २० स्थानमा रहेको छ । बाघलगायतका वन्यजन्तुको संरक्षण गर्ने र पर्यापर्यटनलाई जोड्ने विषयलाई प्राथमिकतामा पारेकाले पोखरी निर्माण कार्य बजेटअनुसार बर्सेनि हुने निकुञ्ज प्रशासनले जानकारी दिएको छ । उक्त निकुञ्ज जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, एक सय चार वनस्पति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चरा, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । बाघको सङ्ख्या अहिले २५ रहेको छ । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताइएको छ । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको पाँचसय ५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो । —
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० ११:२९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

सुसाईड नोटमा एमाले नेताको नाम : डिएसपीलाई यातनाको आरोप लाएर मुद्धा प्रभावित होला ?
सुसाईड नोटमा एमाले नेताको नाम : डिएसपीलाई यातनाको आरोप लाएर मुद्धा प्रभावित होला ?
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
अग्ला अग्ला भवन बने विद्यार्थी भेटिएनन !
अग्ला अग्ला भवन बने विद्यार्थी भेटिएनन !
विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ ः मन्त्री रिजाल
विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान हुन्छ ः मन्त्री रिजाल
ओलम्पिक छनोटको खेल नेपालमा हुने
ओलम्पिक छनोटको खेल नेपालमा हुने
पनौतीमा पाँच कवि सम्मान
पनौतीमा पाँच कवि सम्मान
बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए
बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए
जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु ः उपाध्यक्ष अर्याल
जिम्मेवारीलाई प्रभावकारी बनाउन सक्दो भूमिका खेल्नेछु ः उपाध्यक्ष अर्याल
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: