स्वयंसेवक शिक्षिकाको दादागिरी : ११ वर्षे विद्यार्थीमाथि निर्घात कुटपिट

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० १९:४७
स्वयंसेवक शिक्षिकाको दादागिरी : ११ वर्षे विद्यार्थीमाथि निर्घात कुटपिट

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयमा अध्ययनरत एक बालक शिक्षिकाबाट कुटिएका छन्। कक्षा ५ मा अध्ययनरत ११ वर्षीय छात्र ललित रेग्मी शिक्षिकाबाट कुटिएका हुन्।

बिहीबार (फागुन १०) गतेका दिन विद्यालय समयमा अंग्रेजी विषय पढाउने शिक्षिका चेतना भण्डारीले ललितलाई कुटपिट गरेको पीडित बालकले बताएका छन्।

शिक्षिका भण्डारीको कुटाईबाट ५ कक्षामा पढ्ने ललितको दायाँ हातको पाखुरा भन्दामाथि निल डाम बसेका छन्। विद्यार्थीलाई कुटेको घटना बिहीबार दिउँसो करिब १ बजेको भएपनि ढिलोगरि बाहिरिएको थियो।

स्रोतका अनुसार ललितले कक्षा कोठामा हल्ला गरेको भन्दै शिक्षिकाले कुटपिट गरेकी थिइन्। शिक्षिका नयाँ भएको र स्वयंसेवकको रुपमा अंग्रेजी विषय पढाउने गरको बताईन्छ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० १९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट