हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी

  • मिसन संवाददाता
  • शुक्रबार, बैशाख ८, २०८० १0:४४
बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी
डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिनुभएको छ । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिनुभएको हो । डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिनुभयो । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुग्नुभएको हो । शाही भन्नुहुन्छ, “उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिनुभएको उहाँले बताउनुभयो । “सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भन्नुभयो । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आउनुभएको थियो । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उहाँले बताउनुभयो । डा केसी भन्नुहुन्छ, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुप¥यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।” निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उहाँले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिनुभयो । “उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।” गलकोटमै आँखाको शल्यक्रिया बागलुङको गलकोट नगरपालिका–३ हटियाका टेकबहादुर नेपालीको मोतियाबिन्दुको समस्याका कारण दुवै आँखामा समस्या थियो । गाउँमै आयोजना गरिएको निःशुल्क शल्यक्रियामार्फत नेपालीसहित ८५ जनाको शल्यक्र्रियामार्फत उपचार गरिएको छ । दुवै आँखा पुरानै अवस्थामा फर्केपछि दङ्ग परेको नेपालीको भनाइ छ । “दुवै आँखामा मोतियाबिन्दुको समस्या थियो, शल्यक्र्रियामार्फत आँखा देख्ने अवस्थामा पुगेँ”, नेपालीले भन्नुभयो, “गाउँमै आँखाको उपचार होला भनेर सोचेकै थिइनँ, अहिले उपचारपछि खुसी छु, भैरव आँखा उपचार केन्द्रले ठूलो गुन लगायो ।” दुवै आँखाको उपचारपछि स्थानीय नन्दी पुनसमेत खुसी हुनुभएको छ । उहाँले गाउँमै आँखा उपचारपछि खर्च र समयको बचत भएको बताउनुभयो । गलकोटस्थित मल्ममा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट पाँच सय ७५ जना लाभान्वित भएका छन् । आँखा शिविरमा लाभान्वितमध्ये ८५ जनाको आँखाको शल्यक्र्रिया गरिएको थियो । गलकोट नपा–७ आँगाखेतमा बिहीबार सम्पन्न तीनदिने निशुःल्क आँखा शिविरबाट गाउँमै आँखाको उपचार तथा शल्यक्रिया सेवा पाउँदा स्थानीय खुसी भएका छन् । श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजना, श्री कृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आइकेयर फाउन्डेसन र लायन्स क्लब अफ बुटवल मणिउजेशको सहयोग र गलकोट नपा–७ को संयोजनामा आयोजना गरेको आँखा शिविरका क्रममा पाँच सय ७५ जनाको आँखा जाँच गर्दा ८५ जनाको आँखाको समस्या देखिएकाले शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिनुभयो । शिविरमा स्थानीय सङ्घसंस्था र महिला समूहले सहयोगी भूमिका निभाएका थिए । आँखामा समस्या भएर देख्न नसक्नेलाई शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण नेत्रालयका प्रमुख चिकित्सा निर्देशक डा सल्मा केसीले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमै विशेषज्ञ सेवा प्रदान गरी स्वास्थ्यलाभ प्रदान गर्न शिविर सञ्चालन गरिएकोे डा केसीले बताउनुभयो । सेवा लिन गलकोटसहित छिमेकी पालिका र छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकाबाट समेत आँखाका बिरामी आएका थिए । –––
  • मिसन संवाददाता
  • शुक्रबार, बैशाख ८, २०८० १0:४४
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले
आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले
यस्ता छन् प्रचण्ड सरकारका एक वर्षे उपलब्धि (पूर्णपाठ)
यस्ता छन् प्रचण्ड सरकारका एक वर्षे उपलब्धि (पूर्णपाठ)
सडक निर्माण अलपत्र
सडक निर्माण अलपत्र
राष्ट्रियसभा चुनावकै दिन गाउँपालिका अध्यक्ष बेहोस भएर ढले
राष्ट्रियसभा चुनावकै दिन गाउँपालिका अध्यक्ष बेहोस भएर ढले
न्यायिक पुनःस्थापनाका लागि हरवाचरवाको अधिकार यात्रा
न्यायिक पुनःस्थापनाका लागि हरवाचरवाको अधिकार यात्रा
सुन खोज्ने आयोग नै हराएको हो ?
सुन खोज्ने आयोग नै हराएको हो ?
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारी पक्राउ
लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारी पक्राउ
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: