ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १४:३३
ललितपुरका जनप्रतिनिधि र स्थानीयद्वारा राष्ट्रपति समक्ष भेट

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयले भेट गरेका छन् । ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । शीतल निवासमा आज भएको भेटमा ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेट गरी राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनलगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयको सहभागिता थियो । ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीद्वारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु राष्ट्रपतिसमक्ष हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गर्नुभएको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ५, २०७९ १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट