नेपालगन्जमा ‘फोटो फेस्टिवल’

  • मिसन संवाददाता
  • शुक्रबार, बैशाख ८, २०८० ११:३५
नेपालगन्जमा ‘फोटो फेस्टिवल’

बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु भएको छ । यहाँस्थित होटल बाटिकामा अन्तरालको आयोजनामा गरिएको उक्त फोटो प्रदर्शनीमा ‘देशभरबाट प्राप्त भएका मध्ये उत्कृष्ट फोटो छनोट गरी राखिएका छन् । फोटो पत्रकार विकास कार्कीका अनुसार आजै विधागतरूपमा उत्कृष्ट फोटो र वर्ष फोटो घोषणा गरिनेछ । कार्कीको नेतृत्वमा फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक मण्डलले प्रदर्शनीका लागि फोटो छनोट गरेको हो । विभिन्न नौ विधाका उत्कृष्ट फोटो तथा एउटा सर्वोत्कृष्ट फोटो छनोट गरी ती फोटो कैद गर्नेलाई नगद पुरस्कार प्रदान गरिने अन्तरालका प्रमुख जयनारायण शाहले बताउनुभयो । बाँकेको विविध पक्ष झल्कने गरी नेपालगन्ज ग्यालरीसँगको सहकार्यमा फोटो प्रदर्शनी गरिएको हो । फेस्टिवलका क्रममा फोटोग्राफी कार्यशाला, अन्तक्र्रिया र फोटोग्राफी टूरको समेत आयोजना गरिएको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, बैशाख ८, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट