हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी

व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० ११:३६
व्यवसायीद्वारा  मालवाहक ढुवानी ठप्प
अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा कार्यालयले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको थियो । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल)मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी दुःख दिएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेका बताएका छन् । व्ययसायीले पनौती क्षेत्रबाट शुक्रबार रातिदेखि नै ढुवानी ठप्प पारेका थिए भने शनिबार राति अरनिको राजमार्ग, बिपी राजमार्ग र हेलम्बु राजमार्गका ढुवानी ठप्प पारेका हुन् । टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ । विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । केराघारीमा शनिबार साँझदेखि नै चालकले मालवाहक गाडी तौलन नहुने भन्दै विरोध जनाएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालका अनुसार सबै तौलपुलमा व्यवसायी तथा यातायात मजदुरले विरोध जनाउन थालेपछि त्यस आपसाप ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । प्रहरी परिचालन र विरोधका बीच नगन्य मात्रामा मालवाहक सवारी चलेको थियो । बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको आरोप लगाउँदै आउनुभएको छ । “हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौँ, तौल लिने नाममा दुःख दिनुभएन, त्यसैको विरोधस्वरुप ढुवानी रोकिएको हो”, उहाँले भन्नुभयो । तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने उहाँको भनाइ छ । तौलपुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गर्दै भारमापन गर्न नमानेका कारण तौलपुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो । तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रहसमेत गर्दै आएका थिए । दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी चल्ने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले टिपर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा नियमसङ्गत ढङ्गले भारमापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ, यसबाट सडक जोगिने छ भने व्यावसायीको समेत विश्वास बढ्नेछ ।” उहाँका अनुसार मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ ।
  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० ११:३६
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

समाजवादीले दुई सिट मै चित्त बुझायो
समाजवादीले दुई सिट मै चित्त बुझायो
राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना
राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना
परिक्रमामा महोत्तरीको यात्रा पूरा
परिक्रमामा महोत्तरीको यात्रा पूरा
उत्पादन लागत महँगोले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो
उत्पादन लागत महँगोले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी
भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी
झापामा खुल्यो ‘जैविक मल’ उत्पादन गर्ने उद्योग
झापामा खुल्यो ‘जैविक मल’ उत्पादन गर्ने उद्योग
नेपाल राजतन्त्र २०५८ सालमै गइसकेको थियो, ज्ञानेन्द्र नक्कली राजा हुन् : केपी ओली
नेपाल राजतन्त्र २०५८ सालमै गइसकेको थियो, ज्ञानेन्द्र नक्कली राजा हुन् : केपी ओली
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: