हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट
  • शेरबहादुर देउवा
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी

सहज बन्दै डायलासिस सेवा

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० १६:१९
सहज बन्दै डायलासिस सेवा
गण्डकी प्रदेशभित्रै निःशुल्क डायलासिस सेवा लिने बिरामी पाँच सय ७६ छन् तर तीन सय तीन जना भने अहिले पनि डायलासिसका लागि बाहिरका अस्पताल पुग्छन् । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी नौ र निजी छ गरी १५ वटा स्वास्थ्य संस्थाले डायलासिस सेवा दिँदै आएका छन् । मिर्गौलाका बिरामीको बढ्दो चापलाई ती अस्पतालको क्षमताले मात्र धान्नसक्ने स्थिति छैन । पालो कुर्दा पनि सेवा पाउन नसकेपछि बिरामी अन्यत्र जान बाध्य भएका हुन् । स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले तीन सय तीन बिरामी प्रदेशभित्रै डायलासिस सेवा लिन पर्खाइमा रहेको बताउनुभयो । सबै बिरामीलाई प्रदेशमै सहजरुपमा डायलासिस सेवा प्रदान गर्न स्वास्थ्य संस्थाको क्षमता विस्तार गर्न थालिएको र मनाङ तथा मुस्ताङबाहेकका जिल्लामा डायलासिस सेवा पुगिसकेको उहाँको भनाइ थियो । कास्कीस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा २५ श्यया क्षमताको डायलासिस केन्द्र स्थापनाका लागि प्रक्रिया अगाडि बढेको निर्देशक खड्काले जानकारी दिनुभयो । “केन्द्रलाई चाहिने जनशक्ति व्यवस्थापन गरिसकेर अहिले तालिममा पठाएका छौँ, डायलासिसको उपकरण खरिदका लागि बोलपत्र भइसकेको छ”, उहाँले भन्नुभयो, “तीन महिनाभित्रमा डायलासिस केन्द्र सञ्चालनमा आउँछ, जिल्ला अस्पतालमा पनि उपकरण र जनशक्ति थप्छौँ ।” उक्त केन्द्र सञ्चालनमा आएपछि प्रदेशभित्रै डायलासिसका लागि प्रतिक्षा गरिहेकाको सङ्ख्या शून्यमा झर्ने बताइएको छ । बागलुङस्थित धवलागिरि अस्पतालबाट अहिले ४३ जनाले डायलासिस गराइरहेका छन् । पाँच वटा मात्र उपकरण रहेकाले पालो बाँडेर सेवा दिनुपर्ने अवस्था रहेको उक्त अस्पतालका प्रमुख चिकित्सक अमित ढुङ्गानाले बताउनुभयो । “अझै १२÷१३ बिरामी डायलासिस सेवाको पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “बिरामीको सङ्ख्याअनुसार स्रोतसाधन र उपकरण अपुग छ ।” पाँच वर्षअघि धवलागिरि अस्पतालले डायलासिस सेवा सुरु गरेको थियो । जिल्ला तहमै निःशुल्क सेवा पाउन थालेपछि बिरामीले राहतको महशुस गर्न थालेका छन् । बिरामी सङ्ख्याको तुलनामा अस्पतालमा श्यया र उपकरण भने अझै कम छ । प्रदेशअन्तर्गतका सबै अस्पतालको क्षमता बढाएर मिर्गाैलाका सबै बिरामीलाई सहजरुपमा डायलासिस सेवा प्रदान गर्ने योजनामा प्रदेश सरकार छ । मिर्गाैला रोगी बढ्न थालेपछि डायलासिस सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिएको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले बताउनुभयो । पोखरामा सुरु हुन लागेको २५ श्ययाको डायलासिस केन्द्रका लागि चाहिने स्वास्थ्यकर्मीको दरबन्दी सिर्जनासमेत भइसकेको उहाँको भनाइ थियो । जिल्ला अस्पतालको क्षमताले नभ्याएपछि प्रदेशको राजधानी पोखरामा डायलासिस गर्नुपर्नेे बिरामीको चाप बढ्दो छ । डायलासिस सेवा प्रदेशबाटै लिन प्रतिक्षामा रहेका बिरामीको सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्यसहित सरकार सेवा विस्तारमा लागेको हो । शुक्रबार सार्वजनिक गरिएको प्रदेश सरकारको सय दिनका उपलब्धिमा डायलासिस सेवा विस्तार पनि उल्लेख छ । नेपाल सरकारले छ वर्षअघि डायलासिस सेवालाई पूर्ण निःशुल्क बनाउने घोषणा गरेका थियो । –––
  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० १६:१९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो

नेपाल अपडेट

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

बालकुमारी घटना : मन्त्री ज्वालालाई बयानका लागि बोलाईयो
बालकुमारी घटना : मन्त्री ज्वालालाई बयानका लागि बोलाईयो
पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस
पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस
विकासको पर्खाइमा ‘सूर्य ओढार’
विकासको पर्खाइमा ‘सूर्य ओढार’
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन
एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर
एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर
सुर्ती नबेच्ने बालेनको आदेशमा अदालतको ब्रेक !
सुर्ती नबेच्ने बालेनको आदेशमा अदालतको ब्रेक !
७० करोड टेप प्रकरणको अनुसन्धान जारी छ : अख्तियार प्रमुख राई
७० करोड टेप प्रकरणको अनुसन्धान जारी छ : अख्तियार प्रमुख राई
पोखरामा तेस्रो रेवान कप टेनिस सुरु
पोखरामा तेस्रो रेवान कप टेनिस सुरु
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: