फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ११, २०८० २१:४८
फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान  केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको छ ।

फ्लाई दुबईको ९ः१९ मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको देब्रे इन्जिन फेल भएकाे हाे । विमान आकाशमै हाेल्ड गरि राखिएको छ । दाहिने इन्जिनको अवस्था  जाँच गरिँदैछ ।

दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको हाे । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ । घटनाकाे थप  विवरण आउन बाकि रहेकाे छ ।

 

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ११, २०८० २१:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट