पेस्तोलसहित एक पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, बैशाख २७, २०८० १५:५९
पेस्तोलसहित एक पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्जको धम्बोजी नजिक सुर्खेत रोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोली समेत बरामत भएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, बैशाख २७, २०८० १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट