प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा

  • मिसन संवाददाता
  • शनिबार, बैशाख ३०, २०८० 0७:४७
प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ ।

शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेकाे हाे ।

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिने व्यवस्था रहेकाे छ । ७ दिनभित्र उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।

१ नम्बरमा  डिएसपी गौतम कुमार केसीलाई बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई,  गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल लगायत छन् ।

 

  • मिसन संवाददाता
  • शनिबार, बैशाख ३०, २०८० 0७:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट